(१) यो ऐनको उद्देश्य कार्यान्वित गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।
(२) उपदफा (१) मा लेखिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी ती नियमहरूमा खास गरेर देहायका सबै वा केही कुराहरूको व्यवस्था गर्न सकिनेछ : –
(क) इजाजतपत्र दिने हातहतियारको किसिम र संख्या तोक्ने,
(ख) हातहतियार वा खरखजानाको सम्बन्धमा दिइने इजाजतपत्रको ढाँचा र इजाजतपत्र दिंदाको शर्त बन्देजहरू तोक्ने,
(ग) त्यस्तो इजाजतपत्र लागू हुने अवधि तोक्ने,
(घ) इजाजतपत्रको दस्तुर निर्धारित गर्ने,
(ङ) प्रत्येक इजाजतपत्रवालाले तोकिए बमोजिमको ढाँचामा इजाजतपत्रबमोजिम काम कुरा गरेको हिसाब किताब वा लगत राख्ने, र सरकारी कर्मचारीले जाँच्न चाहेमा त्यस्तो हिसाब किताब वा लगत देखाउनु पर्ने निर्देश दिने,
(च) प्रमुख जिल्ला अधिकारीले हातहतियार वा खरखजाना तयार हुने वा बिक्री हुने ठाउँमा प्रवेश गर्ने र जाँच निरीक्षण गर्ने वा हिसाब
जाँच्ने कुनै सरकारी कर्मचारीलाई अख्तियार दिने,
(छ) इजाजतपत्र बमोजिमको वस्तु तयार गर्ने वा बिक्री गर्ने व्यक्तिलाई आफ्नो साथमा रहेको वा नियन्त्रणमा रहेको
हातहतियार वा खरखजाना नेपाल सरकारबाट अख्तियार पाएको व्यक्तिलाई देखाउन निर्देश दिने,
(ज) हातहतियार वा खरखजाना आफ्नो साथमा राख्ने व्यक्तिले नेपाल सरकारबाट जाँच्नको लागि अख्तियार पाएको व्यक्तिलाई लगत
हिसाब दिने,
(झ) इजाजतपत्र रिन्यू गर्ने व्यवस्था गर्ने,
(ञ) हातहतियार वा खरखजानाको पसल र कारखाना नेपाल भित्र खोल्न दिने व्यवस्था गर्ने,
(ट) विदेशतर्फको इजाजतपत्र दिने,
(ठ) कस्ता बन्दुक, राइफल, पिस्तौल र रिभाल्भर सरकारी बोरमा गणना गर्ने सो कुरा तोक्ने ।